×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘साना तथा मझौला उद्योगको विकास नभएसम्म रोजगारीका अवसरहरु बढाउन सकिन्न’ : अध्यक्ष गोल्छा (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘साना तथा मझौला उद्योगको विकास नभएसम्म रोजगारीका अवसरहरु बढाउन सकिन्न’ : अध्यक्ष गोल्छा (भिडियो)

Artha Sarokar

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरु बढाउन नसकिने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसरहरु बढ्न नसक्ने बताउनुभएको हो । 
त्यसैले महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताउनुभयो । महासंघले एक सय दिन भित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेस गरी कार्यान्वयनमा लगिने पनि उहाँले बताउनुभयो । यस्तै कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरुको उत्पादन गर्ने तर्फ किसानहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने अध्यक्ष गोल्छाले बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने महासंघलाई कमजोर बन्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीको हितमा सधै महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने पनि ढकालले बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघ नेतृत्व समक्ष साना तथा मझौला उद्योगीहरुको हितमा एकजुट भएर काम गर्न आग्रह गरेका छन् । उनीहरुले पक्ष विपक्ष भन्दापनि साझा समस्यालाई एकजुट भएर समाधान गर्ने दिशामा अगाडि बढ्न नेतृत्व समक्ष आग्रह गरेका हुन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी