×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आयात प्रतिस्थापन गर्ने ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेका छन् । स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो ।

यस्तै सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाएको छ ।  यता सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन गरेको छ । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । यसैगरी आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी