×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

१९ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माउन्टेन हाईड्रो नेपालको भएको छ । यस कम्पनीको १२ करोड १२ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा बलेपी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा माउन्टेन हाईड्रो, उपकर लघुवित्त, लुम्बिनी जेनेरल र गुराँस लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रभुको सेयरमा यस्तो गिरावट आउँदाउन्नति सहकार्य लघुवित्त,कर्पोरेट देभ्लोप्मेन्त बैंक ,प्रेमिएर लाइफ इन्स्योरेन्स र हिमालयन उर्जा विकाशमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार माउन्टेन हाईड्रो नेपालको भएको छ । यस कम्पनीको १२ करोड १२ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ २० पैसा  बराबरको सेयर कारोबार भएको हो । यस अलावा  एनआइसी एशिया बैंक, नबिल बैंक,हिमालयन डिस्ट्रीलरी र शिखर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी