काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९७ हजार ५ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ७ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।