×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुमबासीलाई खुशीको खबर ! ग्लोबल आइएमई बैंकले १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने

LAXMI SUNRISE BANK

रुकुमबासीलाई खुशीको खबर ! ग्लोबल आइएमई बैंकले १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले पश्चिम रुकुमका व्यवसायीलाई १० लाखसम्म सहुलियतपुर्ण कर्जा दिने भएकाे छ । उक्त सहुलियतपुर्ण कर्जाका लागि बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी