- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर बजार लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिसन घटाउन माग गर्दै आज नेपाल धितोपत्र बोर्ड घेराउ गर्ने भएका छन् । आफुहरुले लामो समयदेखि सो माग राख्दै आएको र सो माग बोर्डले सम्बोधन नगरेको भन्दै लगानीकर्ताका संगठनहरुले आज ११ बजेदेखि बोर्ड घेराउ गर्न लागेका हुन् ।
ब्रोकर कमिसन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यसहित बिहान ११ बजे सो कार्यक्रम राखिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।