काठमाडौं । नेपाल राष्ट्र बैंकबाट चारवटा वाणिज्य बैंकले मर्जरको लागि सैद्धान्तिक स्वीकृति प्राप्त गरेका छन् । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा मर्जमा जान तथा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ एक आपसमा मर्जमा जानलाई सैद्धान्तिक स्वीकृति प्राप्त गरेका हुन् ।
मेगा बैंक र इन्भेष्टमेन्ट बैंकले जेठ २७ गते मर्जमा जाने सम्झौता गरेका थिए । सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ुनेपाल इन्भेष्टमेन्ट मेगा बैंकु रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । १००स्९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००स्९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ। त्यस्तै ग्लोबल आईएमई बैंक र बिओकेले असार २ गते मर्जमा जाने सम्झौता गरेका थिए ।
मर्जर पश्चात् सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्