काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार अन्तिम हप्ताबाट एकीकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकको नामबाट असारको २७ गतेदेखि एकीकृत कारोबार हुने भएको हो । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेका थिए । केन्द्रीय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । अर्थात, नेपाल बैंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।
नेपाल राष्ट्र बैंकबाट नबिल र एनबी बैंकलाई मर्ज हुनको लागि अन्तिम स्वीकृति प्राप्त भएकाले बैंकले थप प्रक्रियाका लागि अगाडि बढेको नबिल बैंकका उपमहाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिएका छन् ।