काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवन गोल्यानले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लाएको ४-१२को नीतिले लगानीकर्ता मारमा परेको बताएका छन् । आगामी मौद्रिक नीतिमा सुझावका लागि सिविफिनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पवन गोल्यानले लगानीकर्ता मारमा परेका कारण सो विषयमा परिसंघले नै अध्ययन गर्नेसमेत बताएका हुन्।
‘सेयर मार्केटमा सबैले गरेका छन्, तर सबैभन्दा बढी मारमा साना लगानीकर्ता छन्, ४/१२ ले पनि साना लगानीकर्ता मारमा परेका छन्, किनेभने ठूला लगानीकर्तालाई यो नीति आउँछ भन्ने पहिल नै थाहा थियो, तर, सानालाई थाहा थिएन, अब हामी यस विषयमा अध्ययन गर्दैछौं,’ कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा विभिन्न बक्ताहरुले आफ्नो धारणा राखेका थिए।