×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै १७ अर्बको कारोबार

PRIME CA

सेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै १७ अर्बको कारोबार

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्समा दोहोरो अंकको गिरावट आएको छ ।  नेप्से परिसूचक  १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा कायम भएको छ ।  यस अवधिमा १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये सात वटा समूहबाहेक अन्य समूह बढेका छन् । यस्तै १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, र गुडवील फाइनान्स कम्पनी रहेका छन् ।
यता युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.८८ प्रतिशतले घटेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: