यस विषयमा थप अध्ययन, छलफल तथा काम गर्नका लागि बोर्ड अध्यक्ष हमालको नेतृत्वमा ३ जनाको टोली बोर्डका तर्फबाट भारत पुगेको छ । सो टोलीले सेबीसँग छलफल गर्ने, र आवश्यक रणनीति बनाई दुई नियामकबीच साझेदारी अगाडी बढाउनेगरी सम्झौता गर्ने बुझिएको छ । सो टोलीमा बोर्डका उपकार्यकारी कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण शर्मा सहभागी छन् ।
सो टोलीले भारतमा शेयर बजारका नियामकका काम र त्यहाँको स्टक एक्सचेन्ज र ब्रोकरका विषयमा पनि छलफल गर्ने बुझिएको छ । सेबीसँगको छलफलपछि सो टोली शुक्रबार नेपाल फर्कनेछ । त्यहाँ देखिएका कुराहरु कुन कुन नेपालमा कार्यान्वयन गर्दा राम्रो हुन्छ भन्ने विषयमा वृहत रुपमा बुझी सो टोली नेपाल आएर नेपालमा गर्न सकिने कमहरुको तुरुन्त थालनी गर्नेसमेत बुझिएको छ ।