काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स १:१ स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् । बुधबार बिहान दुई कम्पनीले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका हुन् । आज एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर प्रारम्भिक सम्झौतापत्र मा हस्ताक्षर गरेका हुन् ।
रिलायन्स लाइफको आजै बिहान ८ बजे बसेको बसेको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्ससम्ग एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
सम्झौता समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।