काठमाडौँ । WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड ‘ द बिज अवार्ड २०२२’ द्वारा विभिन्न ६ विघाहरु -व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि-मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘Business Excellence Certificate’ द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘Business Excellence Certificate WORLDCOB’ ले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ ग्लोबल एसएमई अवार्ड २०२१’ को SME Financier of The Year- Asia विधामा पनि बैंक सम्मानित भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि :शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ-बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।