काठमाडौँ । इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना ‘रेमिटोत्सव’ सम्पन्न गरेको छ ।
बैशाख १, २०७९ बाट प्रारम्भ भएर श्रावण ४, २०७९ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधि लाई निरुत्साहित गर्दै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गरेको थियो ।
‘बैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न यस अफरमा, १४ हप्ता सम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप रु. ५ हजार प्रदान गरिएको थियो।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु. ५० हजार व्यवस्था गरिएको थियो । जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने , ‘नयाँ वर्ष २०७९ को अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमुलक योजना – रेमिटोत्सव सफलता पुर्वक सम्पन्न गर्न पाएकोमा हामि खुशी छौँ ।
रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई बैधानिक तवरबाट देश भित्राउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुइ मत छैन । त्यसैले हामीले यस योजना मार्फत रेमिट्यान्स कारोवार गर्दा वैधानिक माध्यमबाट मात्र कारोवार गरौँ भन्ने मूल संदेश दिएका छौँँ ।’
इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री-डिजिटल रेमिट्यान्समा आइफोन जित्ने चान्स अफर लिएर आएको जनाएको छ । विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १ सय बोनस पाउनेछन् ।
त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेटमा प्राप्त गरि सेवाग्राहीले रु. २ सयको बोनस समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ ।