पोखरा । पोखराको फिस्टेल ड्रिमपार्क औपचारिक रूपमा सञ्चालनमा आएलगत्तै पर्यटकको घुईचो लागेको छ । साउन १४ गतेदेखि सञ्चालनमा आएको उक्त पार्कमा १० दिनमा १० हजार पर्यटक आएको पार्कका सञ्चालक हिरा केसीले जानकारी दिएका छन् । ५० करोड लगानीमा निर्मित यो पार्क करिब ६५ रोपनी जग्गामा फैलिएको छ । यहाँ वाटर स्पोर्टस् र ड्राइ स्पर्टस् एकै ठाउँमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको हुनसक्ने केसीले बताए ।
फिस्टेल पार्कका सञ्चालक हिरा केसीले भने, ‘पोखराकै ठूलो वाटर स्पोर्टस्को रूपमा सञ्चालनमा ल्याइएको यो पार्क मानिसहरू रमाइलो गर्न आउने एउटा सेन्टर पोइन्टको रूपमा विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो । यहाँ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका इभेन्टहरू रहेका छन् ।’
उनका अनसार, विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू पार्कमा एकै पटक रमाउन सक्छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । यहाँ निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।
फिस्टेल ड्रिमपार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार र ड्राइपार्क प्याकेज ४ सय ५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १ सय ५० देखि ३ सय रुपैयाँसम्म लाग्ने पार्कका संचालकले जनाएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्