×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाफा ४८.९२% ले घट्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नाफा ४८.९२% ले घट्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

Artha Sarokar

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा अघिल्लो वर्षको भन्दा ४८.९२% थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १ करोड २६ लाख ५१ ह्जार रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक विवरण अनुसार उन्नति सहकार्यको खुद ब्याज आम्दानी भने ०.५५% ले बढेको छ । सञ्चालन नाफा भने १ करोड ९८ लाख रुपैयाँबाट घटेर १ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । उन्नति सहकार्यले यस अवधिसम्म आउँदा ८२ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १४ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको रिजर्भ कोषमा ७ करोड ६९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ४४ पैसा रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी