×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले दियो १२ ब्रोकर कम्पनीलाई १८ वटा शाखा खोल्ने अनुमति, थप पाँच शाखाको अन्तिम स्वीकृति ‘पेन्डिङ’मा

PRIME CA

धितोपत्र बोर्डले दियो १२ ब्रोकर कम्पनीलाई १८ वटा शाखा खोल्ने अनुमति, थप पाँच शाखाको अन्तिम स्वीकृति ‘पेन्डिङ’मा

अर्थ सरोकार

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुलाई १८ स्थानमा शाखा कार्यालय सञ्चालनका लागि अनुमति दिएको छ । यसअघि सैद्दान्तिक सहमति पाएर पनि बोर्डको अन्तिम स्वीकृति पर्खिएका १२ ब्रोकर कम्पनीलाई अन्ततः धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।

बोर्डले २०७७ सालमा १२ वटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई २३ स्थानमा शाखा खोल्ने सैद्दान्तिक सहमति दिएको थियो । जसमध्ये गत आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा गरि १२ कम्पनीले उपत्यका बाहिर १८ स्थानमा शाखा खोल्ने अन्तिम स्वीकृत पाएको बोर्डले जनाएको छ ।

गत आर्थिक वर्षमा ब्रोकर नंम्बर ३४ भिजन सेक्युरिटिज प्रालीले नवलपुरको कावासोती, म्यादीको बेनी र तनहुँको दमौलीमा आफ्नो शाखा विस्तार गरी सेवा सञ्चालन गरिसकेको छन् । ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले नुवाकोटको बटार, ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले चितवनको टांडीमा, ब्रोकर नम्बर १४ नेपाल स्टक हाउसले नुवाकोटको बिदुर र कैलालीको टिकापूरमा शाखा सञ्चालन ल्याइसकेका छन् । त्यस्तै कैलालीका लम्कीमा पनि शाखा सञ्चालन गर्नका लागि ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले नै शाखा सञ्चालन गर्न अन्तिम स्वीकृति पाएको बोर्डले जनाएको छ ।

यता बोर्डले चालु आर्थिक वर्ष लागेपछि बोर्डले ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिलाई पाल्पाको तानेसेन र रुपन्देहीको भैरहवामा, ब्रोकर नंम्बर ११ मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ प्रालीलाई पाँचथरको फिदिम र इलाममा शाखा कार्यालय स्थापना गर्ने अन्तिम स्वीकृति दिएको छ । यस्तै ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, ब्रोकर नंम्बर २९ त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, ब्रोकर नंम्बर ५१ अक्सफोर्ड सेक्युरिटिजले नवलपुरको भुमहीमा र ब्रोकर नंम्बर ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मामा शाखा खोल्न अनुमति दिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ब्रोकर नम्बर ७ जेएफ सेक्युरिटिज प्रालीलाई दाङको तुलसीपुर, ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुरमा शाखो खोल्ने अन्तिम स्वीकृत पाएका छन् । यता बोर्डको सैद्दान्तिक सहमति पाएको ब्रोकर नंम्बर ४९ (अनलाइन सेक्युरिटिज)ले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा सञ्चालनको अन्तिम स्वीकृति पाउन बाँकी रहेको छ । त्यस्तै ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीको सिरहाको लाहान र दोलखाको चरीकोटमा शाखा सञ्चालनको अन्तिम सैद्दान्तिम सहमति दिएको भएपनि आवश्यक पुर्वाधार तयार नहुँदा अन्तिम स्वीकृति दिन बाँकी रहेको बोर्डले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: