×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार बढ्यो सेयर बजार, २ अर्ब ०५ करोडमाथिको कारोबार हुँदा नेप्से २०६८.४२ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार बढ्यो सेयर बजार, २ अर्ब ०५ करोडमाथिको कारोबार हुँदा नेप्से २०६८.४२ बिन्दुमा

Artha Sarokar

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२० कम्पनीको ५१ लाख १ हजार २ सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ०५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा मन्दाकिनी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अपर सोलु हाईड्रो इलेक्ट्रीसिटि, स्वेत गंगा हाईड्रोपावर कम्पनी, अपर हेवा खोला हाईड्रोपावर, हिमालयन हाईड्रोपावर लिमिटेड र बलेफी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, शिवम् सिमेन्ट, अरुण काबेली पावर, आइसिएफसि फाइनान्स, हिमालयन डिष्टिलरी र नेस्डो सम्बृद्ध लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । एनआइबिएल को सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माईक्रोफाइनान्स, १०% प्राइम डेभेन्चर २०८८, दोर्दी खोला जल विद्युत, सनराइज ब्लुचिप फण्ड र रिडी पावर कम्पनी मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी