×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले २५ लाख इकाईका लागि ऋणपत्र खुला गर्यो, वार्षिक ब्याजदर १०.५० %

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंकले २५ लाख इकाईका लागि ऋणपत्र खुला गर्यो, वार्षिक ब्याजदर १०.५० %

Artha Sarokar

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकले  भदौ १५  गतेबाट २५ लाख इकाई ऋणपत्र खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले खुला गरेको कुल १ अर्ब १० करोड ऋणपत्रमा सर्वसाधारणले १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् भने १५ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट लिन सकिनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५५ छुट्याएको छ ।

सोही अनुसार सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक फण्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ ।

बैंकले खुला गरेको ऋणपत्रका लागि छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी-आश्वमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी