काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह अल्फाबिटाका साहुसँग झर्किएका छन्। भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको र सडक पेटीमा पार्कीङ गर्न दिएको अल्फाबिटाले यसअघिसम्म महानगरसँगको मिलेमतो यस्तो काम गर्दै आएको चर्चा हुने गरेको थियो । यस विषयमा जानकार रहेका बालेन्द्र शाह बिहिबार त्यहाँ पुगे र घरको नक्सा खोजे । केहि हुल मान्छेलाई पहिला नै तयार गरेको अल्फाबिटाको समूहले उल्टै ‘ठुला कुरा’ गर्न थाले र मेयरसँग नक्सा मागे ।
त्यसपछि भनाभन सुरु भयो ।
तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ मेयर बालेनले प्रश्न गरे ।
‘नगरपालिकामा के हुन्छ त ?’ अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे।
बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अल्फाबिटाका प्रतिनिधिले उल्टै ठुला कुरा गर्न नछोडेपछि बालेन जंगिए- ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
अल्फाबिटाका प्रतिनिधिले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न उनले आग्रह गरे । ‘हामी व्यवसायी हौँ, राज्यलाई कर तिरेका छौं, नथर्काउनुस्’ अल्फाबिटाका प्रतिनिधिको कुरामा प्रतिवाद गर्दै बालेनले पुन: आफुले नथर्काएको बताए ।