काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको भवनमा डोजर चलाएको छ । नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनाधिकृत संरचना महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वको टोलीले डोजर चलाएरै भत्काएको हो ।
यसभन्दा अघि मेयर शाह र अल्फबिटाका सञ्चालकबीच भनाभन भएको थियो । सञ्चालक र मेयर शाहबीच भएको चर्काचर्कीपछि शाहले नगरपालिकाबाट नक्शासहित डोजर लिएरै अल्फाबिटा हाउसमा पुगेको थिए । महानगरपालिकाले सार्वजनिक गरेको ३५ दिने सूचनालाई अटेर गरेको ठहर गर्दै अल्फाबिटा कम्प्लेसको भवन भत्काइएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः