×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले सबै बैंकसँग किन माग्यो फिक्स्ड डिपोजिटमा दिईएको ब्याजको विवरण ?, ‘पहिलोपटक यस्तो भयो’

PRIME CA
GLOBAL IME BANK

राष्ट्र बैंकले सबै बैंकसँग किन माग्यो फिक्स्ड डिपोजिटमा दिईएको ब्याजको विवरण ?, ‘पहिलोपटक यस्तो भयो’

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुसँग पछिल्लो समय मुद्दती निक्षेपमा के कति ब्याज दिएको छ भन्ने विषयमा सबै बाणिज्य बैंकहरुसँग तथ्यांक मागेको छ । केहि दिनअघि राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलाई मुद्दती निक्षेपमा दिईएको ब्याजको विवरण मागेको हो । विवरणमा कुन-कुन स्किमअन्तर्गत मुद्दती निक्षेपका के कति ब्याज दिईएको छ, खुलाई पठाउन भनिएको छ । नेपाल राष्ट्र बैंकले तथ्यांक मागेपछि सबै बैंकहरुले सो विवरण राष्ट्र बैंकमा बुझाएका छन् ।
‘नियमित प्रक्रिया हो’ : राष्ट्र बैंक
यता राष्ट्र बैंकले भने बैंकहरुसँग विवरण माग्ने नियमित प्रक्रिया नै भएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बैंकहरुले के कति ब्याज दिईरहेका छन् भन्ने विषयको अध्ययनका लागि सो तथ्यांक मागिएको हो । ‘बैंकहरुले के कति ब्याज दिएका रहेछन् भन्ने विषय अध्ययन गर्न हामीले बैंकहरुसँग विवरण मागेका हौँ । यसमा अचम्म मान्नुपर्ने केहि छैन ।’ ती अधिकारीले भने, ‘कतिपय बैंकहरुले अनावश्यक बढी ब्याज दिएको गुनासो पनि आईरहेको छ । हामीले पछिल्लो स्थिति के रहेछ भनेर विवरण मागेका हौँ ।’ ती अधिकारीका अनुसार गभर्नरकै निर्देशनमा ब्याजसम्बन्धि विवरण अध्ययन गर्ने काम भईरहेको छ ।
‘इतिहासमै पहिलोपटक यस्तो तथ्यांक मागियो’ : बैंकर्स
यता बैंकका सीइओहरुले भने इतिहासमै यस्तो तथ्यांक पहिलो पटक मागिएको दाबी गरेका छन् । ‘आजसम्म यसरी मुद्दती निक्षेपमा दिइएको ब्याजको विवरण मागिएको थाहा थिएन । यसपटक मागियो, किन हो थाहा छैन ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘तरलता अभाव र ब्याजदरको विषय एकदम पेचिलो भईरहेको छ । यस्तो बेला राष्ट्र बैंकले केहि नीतिगत सुधारका लागि वा अहिलेको स्थिति बुझ्नका लागि त्यस्तो तथ्यांक मागेको हुन सक्छ । कुन प्रायोजनका लागि तथ्यांक मागिएको हो भन्ने विषयमाचाहिं थाहा भएन।’ यता राष्ट्र बैंकले सो विवरण मागेपछि केहि बैंकरहरु भने आत्तिएका छन् । ‘राष्ट्र बैंकले विवरण माग्नु नौलो कुरा होइन । तर विवरण केलाइयो र त्यसमा केहि प्रश्न गरियो भने कतिपय बैंकरले अहिले पनि त्यसको जवाफ दिन नसकिनेगरी गलत काम गरेका छन् । त्यसैले केहि बैंकरहरु आत्तिएको अवस्था हो ।’ एक अर्का बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने -‘गलत नगर्नेलाई केहि डर हुने कुरै भएन । राष्ट्र बैंकले विवरण माग्दा केहि सीइओहरुको मुटुमा ढ्याङ्ग्रो बजेको भने पक्कै हो।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: