काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज (कात्तिक ११ गते) एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई यसपटक बदल्ने लक्ष्य लिएको छ ।
यता, दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ ।
लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्