Skip to content
LAXMI SUNRISE BANK

महानगरको निर्देशनपछि राहदानी विभागको डिसिजन- ‘बेसमेन्टमा होल्डिङ सेन्टर हटाएर पार्किङ स्थल नै हुन्छ’

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्देशनपछि राहदानी विभागले आफ्नो बेसमेन्टलाई पार्किङका रुपमा प्रयोग गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियालाई पार्किङ स्थलका रुपमा प्रयोग गर्ने भएको हो ।

नक्सा विपरित बेसमेन्टलाई होल्डिङ सेन्टर बनाएको भन्दै महानगरपालिकाले बेसमेन्टमा राखिएको कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै हाल होल्डिङ सेन्टरका रुपमा प्रयोग भईरहेको बेसमेन्टलाई पार्किङ स्थल बनाउने जनाएको हो ।

विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK