काठमाडौं । विद्युत् नियमन आयोगबाट अरुण काबेली पावर कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्व स्वीकृति पाएको छ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।
आयोगले अरुण काबेलीलाई १ बराबर १ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो ।
अरुण काबेलीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।