Skip to content
LAXMI SUNRISE BANK

‘धितोपत्र बोर्ड स्वायत्त छैन, हामी अर्थ मन्त्रालयको विभागजस्तै भयौँ’ : धितोपत्र बोर्डका अध्यक्ष हमाल (भिडियो)

राधिका श्रेष्ठ

काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले काम गरेझैं लगानीकर्ताका पक्षमा निरन्तर काम गरेर वाहवाही पाईरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बोर्ड स्वायत्त नरहेको बरु अर्थ मन्त्रालयको विभागजस्तै भएको गुनासो पोखेका छन् । नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस’ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष हमालले धितोपत्र बोर्ड र नेप्से स्वायत्त हुनुपर्ने बताएका हुन् ।

‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन् हामी स्वायत्त छैनौ । हामी अर्थ मन्त्रालयको विभाग जस्ता छौं ।’ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष हमालले भने- ‘नेप्से मन्त्रालयको शाखा जस्तो भएपछि विश्वासयोग्य काम गर्न सक्छ कि सक्दैन, धितोपत्र बोर्ड पनि मन्त्रालयको शाखा जस्तो भएपछि लगानीकर्ता, ब्रोकरले चोहेको जस्तो द्रुत गतिमा काम गर्न सक्दैन? त्यसकारण हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं । हामीले सबैले चाहेको जस्तो सुधारका लागि काम गरिरहेका छौं ।’
बोर्ड, नेप्से स्वायत्त भएनन् भनेर चुप लागेर पनि नबसेको बताउँदै हमालले बाध्यात्मक अवस्थाका बाबजुत पनि गर्नुपर्ने काम नियमित रुपमा तिब्र गतिमा गर्ने प्रयास भइरहेको र यसमा सबैको साथको आवश्यकता रहेको बताएका छन् । बजारमा प्रतिस्पर्धा भएमात्रै बजारले गति लिने बताउँदै उनले सेयर बजारलाई जुवाघर भन्नु गलत भएको तर्क गर्दै उनले नेप्से र सेबोनले लिने शुल्क घटाउने विषयमासमेत अध्ययन भईरहेको दाबी गरेका छन् । ‘बजारमा मोनोपोली हुनु हुँदैन, प्रतिस्पर्धा हुनुपर्छ, हामीले सी–आश्वा शुल्क घटाएका छौँ । नेप्से र सेबोनले लिने शुल्कमा पनि घटाउन अध्ययन गरिरहेका छौं ।’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष हमालले सेयर बजारलाई विकास गर्न भौतिक उपस्थिति भन्दा पनि डिजिटल हुनुपर्ने तर्फ जोड दिए। मार्जिन ट्रेडिङ गर्नका लागि पनि प्रविधिको विकास प्रभावकारी रुपमा हुनुपर्ने बताउँदै उनले बोर्डको काम थप प्रभावकारी बनाउन सम्बन्धित सबैको सहयोगको खाँचो रहेकोसमेत स्मरण गरे। बाँकी पूरा भिडियोमा हेर्नुहोस् उनको मन्तव्य:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK