×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका-कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा उपलब्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोका-कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा उपलब्ध

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  कोका-कोला नेपालले कोका-कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका-कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ । फेरी प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण-मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका-कोलालाईलामो समयसम्म रेफ्रेश बनाई राख्छ ।

कोका-कोलाका नेपाल कन्ट्री डाइरेक्ट आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितीहरुमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका-कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरु माझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’

कोका-कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका-कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका-कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका-कोलाले निरन्तर रुपमा उनीहरुको जीवन-शैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादनहरु बजारमा ल्याउँदै आइरहेको छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेलेले भने, ‘कोका-कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेश्मेन्टको किफायती विकल्प हो । क्यालोरी बिना रिफ्रेश्मेन्ट लिन चाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।’ कोका-कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध रहेको छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी