×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाओमी नेपालको दशैंमा ‘दशMi’ अफर, फोनको खरिदमा रोमाञ्चक उपहारहरू जित्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाओमी नेपालको दशैंमा ‘दशMi’ अफर, फोनको खरिदमा रोमाञ्चक उपहारहरू जित्न सकिने

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आश्चर्यजनक अफरहरु ल्याएको छ । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सकिने कम्पनीले जनाएको छ।

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S 65″ को टिभी, चार जनाले Mi को 43″ को टिभी, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light र Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनेछन् ।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’

दशMi अफर

नयाँ फोन खरिद गर्ने सोचमा रहेका ग्राहकहरु #दशMi अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका रहेको छ । अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी