×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो सेयर बजार, १ अर्ब ७ करोडमाथिको कारोबार हुँदा नेप्से १९७७.३० बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार बढ्यो सेयर बजार, १ अर्ब ७ करोडमाथिको कारोबार हुँदा नेप्से १९७७.३० बिन्दुमा

Artha Sarokar

१९ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ९१ लाख ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा रुरु जलविद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड इन्स्योरेन्स, अपर हेवाखोला हाईड्रोपावर कम्पनी र स्वेत गंगा हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ९१ लाख ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दुरसंचार कम्पनी, नबिल बैंक लिमिटेड, हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको हो । सपोर्टको सेयरमा यस्तो गिरावट आउँदा सोल्टी होटल, नेपाल दुरसंचार कम्पनी, महुली लघुवित्त वित्तिय संस्था, राधि विद्युत कम्पनी र ८.५ % नबिल इन्भेस्टमेन्ट बैंक डेभेन्चरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी