काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन् । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन् । पाण्डेले मिति २०७९ भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गरेका थिए ।
जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरिन् । जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सोही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए ।
सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरेका छन् । यी एम्बुलेन्सले नेपालमा रहेका तीन लाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुनेछ ।
जनरल पाण्डेलाई गत सोमबार नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी थिइन् । नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री एवम् रक्षा मन्त्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरेका हुन् ।
नेपाल बसाईका दौरान उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरे । दुई देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरण प्रदान गरेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्