काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२५ कम्पनीको २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ७ लाख ५४ हजार ७ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा १० % सनराइज डेबेन्चर २०८०, बोटलर्स नेपाल (तराई) लिमिटेड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, आदर्श लघुवित्त वित्तिय संस्था र एनएमबि हाईब्रिड फण्ड एल-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ७ लाख ५४ हजार ७ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी, अपि पावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा १०.५ % नेपाल इन्भेस्टमेन्ट डेबेन्चर २०८२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । १०.५ % नेपाल इन्भेस्टमेन्ट डेबेन्चर २०८२ को सेयरमा यस्तो गिरावट आउँदा सामुदायिक लघुवित्त वित्तिय संस्था, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, दोर्दी खोला जल विद्युत कम्पनी, माउन्टेन एनेर्जी नेपाल र शिव श्री हाइड्रोपावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्