काठमाडौं । गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको सिटिजन्स बैंकले आर्थिक वर्ष २०७८÷७९ मा मुनाफाको ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा वितरणयोग्य मुनाफाबाट रु १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ चुक्तापुँजी रहेको छ । सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकले सोहीको ९ प्रतिशत अर्थात १ अर्ब २७ कराड ८० लाख ८७ हजार ६६१ रुपैयाँ सेयरधनीका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
‘सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ’, संचालक समितिका एक सदस्यले भने, ‘राष्ट्र बैंकको स्वीकृती पाएसँगै बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्