×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

Artha Sarokar

१० आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने कम्पनीले जनाएको छ ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै, साप्ताहिक रुपमा डिएचआई ब्राण्डको वासिङ मेशिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्ग लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ भने बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुवई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिएका छन् ।

त्यस्तै, बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल समेत वितरण गरिने उनको भनाई रहेको छ । उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिएका हुन् ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो । असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ । टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी