काठमाडौँ । बिगत डेढ बर्षयतादेखि प्रशारणमा आईरहेको सेयर बजारसम्बन्धि टेलिभिजन कार्यक्रम ‘मार्केट टक’को प्रशारण स्पेस फोरके टेलिभिजनबाट सुरु भएको छ । सेयर बजारसँग सम्बन्धित टेलिभिजन कार्यक्रमहरुमध्ये सबैभन्दा बढी भ्युअर्सशिप भएको कार्यक्रम ‘मार्केट टक’ यसअघि बिजनेश टेलिभिजन र अर्थ सरोकार डटकममा प्रशारण हुने गरेको थियो । अव भने यो कार्यक्रम हरेक शुक्रबार बेलुकी ९ बजेदेखि १० बजेसम्म स्पेस फोरके टेलिभिजनमा र त्यसपछि अर्थ सरोकार डटकममा प्रशारण हुनेछ ।
यसैबीच कार्यक्रमको पहिलो भागमा सेयर बजारका लोकप्रिय पात्र शिव चन्द्रलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा उनले सेयर बजारमा आफ्नो अनुभव, बजारको अवको यात्रा र बियरिस बजारमा सेयर लगानीकर्ताले गर्नुपर्ने र गर्न नहुने कामबारे विशेष चर्चा गरेका छन् । करिव ४० मिनेट लामो कार्यक्रममा उनले आफु कलाकारिता हुँदै कसरी सेयर बजारमा प्रवेश गरें भन्ने तथ्य पनि प्रस्तुत गरेका छन् ।
मार्केट टकको युट्युब प्रशारण भने अर्थ सरोकारको अफिसियल युट्युब च्यानलबाट हुनेछ । मार्केट टक पछिल्लो समय सर्वाधिक हेर्ने गरिएको सेयर बजारसँग सम्बन्धित टेलिभिजन कार्यक्रम हो । प्रस्तुत छ मार्केट टकको सिजन २ को पहिलो अंक :