काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले हकप्रद सेयर निस्काशन गर्ने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्