×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव पठाओ प्रयोगकर्ताले डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अव पठाओ प्रयोगकर्ताले डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने

२६ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट) का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले ४ वर्षे यात्रा पूरा गरेको छ । काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा सुरु गरेको छ ।

पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरीको सेवा पनि दिँदै आएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी