×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र ५ लाख ५० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ४ दिन कैद र ५ लाख ५० हजार जरिवाना

Artha Sarokar

२६ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ जिल्ला टोखा नगरपालिका ११, गंगबु भण्डारी गाउँ बस्ने ३४ वर्षीय रोशन भण्डारी सो कसूरमा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले भण्डारीमाथि मिति २०७९/०३/१३ गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, ५ लाख ५० हजार जरिवाना र २२ हजार क्षेतिपुर्ति सुनाएको थियो ।

उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले मिति २०७९/०६/२६ गते काठमाडौँ जिल्ला टोखा नगरपालिका गंगबुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी