- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ सूचिकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १ सय ३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४ सय १६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज पाएको छ ।