काठमाडौँ । रसिया पठाइदिन्छु भन्दै रकम ठगि गर्ने एक महिला पक्राउ परेकी छन् । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २९ घट्टेकुलो बस्ने ४८ वर्षीय तुलसा भण्डारी सो कसुरमा पक्राउ परेकी हुन् ।
भण्डारीले वर्किङ्ग भिसामा रसिया लगायतका देशमा रोजगारीका लागि पठाइदिने भन्दै प्रलोभनमा पारी विवेक ज्ञवालीसँग ४० लाख रकम ठगि गरी सम्पर्कविहिन भएको प्रहरी जनाएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीटोलीले भण्डारीलाई असोज ३१ गते सोमबार काठमाडौँको घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको प्रहरी जनाएको छ ।