×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्खास्तीमा परेका अग्रवालसहित तीन जनालाई ट्वीटरले १३ अर्ब २५ करोड रुपैयाँ जरिवाना तिर्ने

PRIME CA

बर्खास्तीमा परेका अग्रवालसहित तीन जनालाई ट्वीटरले १३ अर्ब २५ करोड रुपैयाँ जरिवाना तिर्ने

१४ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटरको स्वामित्व लिए । स्वामित्व लिएसँगै मस्कले ट्वीटरका तीन उच्च अधिकारीलाई बर्खास्त गरे ।

मस्कले ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेकै दिन सिईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल र लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजया गाडेलाई बर्खास्त गरेका थिए । तर, तीन अधिकारीमाथिको कार्वाहीको जरिवाना स्वरुप ट्वीटरले कुल १ सय मिलियन डलर (१३ अर्ब २५ करोड ४१ लाख नेपाली रुपैयाँ) तिर्ने ब्लूमबर्गको रिपोर्टले जनाएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार सबैभन्दा धेरै जरिवानावापतको रकम पराग अग्रवालले पाउने भएका छन् । उनले कुल जरिवानाको आधा ५० मिलियन डलर (करिब ६ अर्ब ६२ करोड नेपाली रुपैयाँ) पाउनेछन् । त्यस्तै सेगलले ३७ मिलियन डलर र गड्डेले १७ मिलियन डलर रुपैयाँ पाउनेछन् ।

गतवर्ष नोभेम्बरमा ज्याक डोर्सीले राजीनामा दिएपछि ट्विटरले पराग अग्रवाललाई सीईओको रुपमा अघि सारेको थियो । उनी त्यसअघि ट्वीटरमा चिफ टेक्नोलोजी अफिसरका रुपमा कार्यरत थिए । सिईओमा नियुक्त भएसँगै अग्रवालको तलब वार्षिक १ मिलियन डलर (९ करोड २४ लाख भारतीय रुपैयाँ) तोकिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: