
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ३०.१४% ले बढेर ४ करोड ७ लाख १० हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको बिमा कोषको आकार पनि १६.३३% ले बढेर ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यस्तै खुद बिमा शुल्क १४.८७% ले बढेर १४ करोड २६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा छ । साथै कम्पनीले १३ करोड १९ लाख ७७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ३० करोड ३१ लाख ३४ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्