Skip to content
LAXMI SUNRISE BANK

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

अर्थ सरोकार

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्युआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौँ ‘ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो ।

फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढीको कारोबार हुँदै आएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् ।

गाउँ-गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरूले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठूलो परिवर्तन आएको बताइएको छ ।

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने, ‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगद रहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ ।’ उनले यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको बताएका थिए ।

क्युआरमार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरू समेत उत्साहित देखिन थालेका छन् । काठमाडौं नरेफाँटका किराना व्यवसायी सम प्रसाद आपागाइँले भने, ‘सुरूमा त मलाई त्यति पत्यार लागेको थिएन, कसले पो तिर्ला भनेर ? बैंकले नै भनेपछि मर्चेन्ट बने, आजभोली मेरो पसलमा आउने धेरैले क्युआरमार्फत भुक्तानी गर्छन् ।’

उनले थपे ‘यसरी कारोबार भएकोमा म दंग छु, खुद्रा पैसाको झञ्जट नहुने र बैंकमा पनि जान नपर्ने रहेछ, अहिले त मलाई धेरै सहज बनाएको छ यसले ।’ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा हाल ६० भन्दा बढी बैंक तथा वित्तिय संस्था आबद्ध रहेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK