काठमाडौं । बिमा कम्पनीको अनुगमन गर्ने संस्था बीमा समिति मंगलबारदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार हालको बीमा समिति नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको हो । भदौमा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।
समितिले बीमा प्राधिकरणको नामसहित नयाँ लोगो सार्वजनिक गरेको छ । यो सँगै बीमा समितिले गर्दै आएका सम्पुर्ण काम अब प्राधिकरणमार्फत हुनेछन् । समितिमा एक कार्यक्रमकाबीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा भएको हो ।
सोहि कार्यक्रमकाबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी मंसिर महिनामा अधिकांश बीमा कम्पनी मर्जरमा जाने बताएका छन् । मंगलबार प्राधिकरणको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुदृृढिकरण र आवश्यकतालाई ध्यानमा राख्दै मंसिरमा मर्जर प्रक्रियाले गति लिने बताएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस् :






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्