×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छताछुल्ल भयो लघुवित्तको अवैध असुली, राष्ट्र बैंकको दबाबपछि फिर्ता गर्दै कम्पनीहरु…

PRIME CA

छताछुल्ल भयो लघुवित्तको अवैध असुली, राष्ट्र बैंकको दबाबपछि फिर्ता गर्दै कम्पनीहरु…

२५ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा ‘कर्जा स्वीकृत’को नाममा अवैध असुली गरेको पाइएको छ । गतवर्ष लघुवित्तहरुले नियम विपरित ७० करोड रुपैयाँ असुली गरेको रहस्य बाहिरिएको हो । यो सँगै नेपाल राष्ट्र बैंकले सो रकम फिर्ता गर्न दबाब दिएपछि अवैध असुली गरेको शुल्क फिर्ता गर्न कम्पनीहरु तयार भएका छन् ।

सामान्य निर्देशनमा लघुवित्तहरुले अवैध असुली गरेको शुल्क फिर्ता नगरेपछि लघुवित्तको गत आर्थिक वर्षको वित्तीय विवरण र साधारणसभाको पूर्व स्वीकृति रोकेपछि लघुवित्तहरु त्यस्तो शुल्क फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैंक स्रोतका अनुसार केही लघुवित्तहरुले त्रैमासिक रुपमा ब्याज पुँजीकरण गर्दै हरेक त्रैमासमा १.५० प्रतिशत सेवा शुल्क लिएको पाइएको छ ।

‘कर्जा स्वीकृत’को नाममा असुलेको अवैध शुल्क फिर्ता गरेमात्रै संस्थाको वित्तीय विवरण र साधारणसभाको लागि पूर्व स्वीकृत प्रदान गर्छौं’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अन्यथा राष्ट्र बैंकबाट हुने प्रक्रिया रोकिनेछ ।’ तर, लघुवित्तकर्मीहरुले भने पुरै रकम फिर्ता गर्न नसक्ने बताइरहेका छन् ।

पटक-पटक प्रयास गर्दा पनि राष्ट्र बैंकले साधारणसभा र वित्तीय विवरणको पूर्व स्वीकृत नदिएपछि नियामकीय व्यवस्थामा कडाई गर्न नुहुने भन्दै लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघ मध्यमार्गी बाटो खोज्न लबिइङ गरिरहेको छ ।

बिहीबार लघुवित्त संस्था सुपरीवेक्षण विभागसँग छलफल गर्न गएका लघुवित्तकर्मीले वार्षिक रुपमा १.५० प्रतिशत भन्दा बढी देखिएको सेवाशुल्क फिर्ता गर्ने सहमति जनाएर फर्किएका छन् । सबै लघुवित्त संस्थाले सेवा शुल्क वापत उठाएको ४० देखि ५० करोड रुपैयाँ रकम भने फिर्ता गर्नुपर्ने देखिएको लघुवित्तकर्मीले स्वीकार गरे । केही संस्थामा भएको बदमासीले समग्र लघुवित्त नै गलत भन्ने अवस्था आएको भन्दै त्यसमा भने सचेत हुनुपर्ने लघुवित्तकर्मीहरु नै सचेत हुनुपर्ने तर्क गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: