×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफसँग मर्जर प्रक्रियामा रहेको ज्योति लाइफको रिपोर्टमा सुधार, फर्स्ट क्वाटरमा १३३ प्रतिशतले बढ्यो नाफा

PRIME CA

सूर्या लाइफसँग मर्जर प्रक्रियामा रहेको ज्योति लाइफको रिपोर्टमा सुधार, फर्स्ट क्वाटरमा १३३ प्रतिशतले बढ्यो नाफा

२५ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेससँग मर्जरको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीले गतवर्षको तुलनामा १३३.२८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि वृद्धि भएको छ । समिक्षा अवधिसम्म कम्पनीको यस्तो शुल्क १५.६७ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यता कम्पनीको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी पनि बढेको छ भने नोक्सानी व्यवस्थाबाट २ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा सुधार भएको कम्पनीको प्रक्षेपण रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष ५६.६९ प्रतिशतले बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस्तै, जीवन बिमा कोषको आकार ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको भने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: