
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनियन लाइफ इन्स्योरेन्सले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५६% ले कम हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क १% ले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७७ करोड ८२ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यो अवधिसम्ममा आउँदा युनियनले चार हजार ३ सय ५३ टा दाबी वापत १३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ करोड २५ लाख रुपैयाँ रहेको छ । साथै जीवन बीमा कोषमा ५ अर्ब १२ अर्ब रुपैयाँ संचित रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्