काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र लिङ्देन हल्दिबारी गाउँपालिका-१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् ।
२०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासँग प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएको बताएका छन् ।
दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।