×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्ड ३०औं वर्षमा प्रवेश, अध्यक्ष ढुंगाना भन्छन् ‘जोखिम व्यवस्थापन गर्न नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ…’

PRIME CA

धितोपत्र बोर्ड ३०औं वर्षमा प्रवेश, अध्यक्ष ढुंगाना भन्छन् ‘जोखिम व्यवस्थापन गर्न नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ…’

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष ढुङ्गानाले यस्तो बताएका हुन् ।
अध्यक्ष ढुङ्गानाले बजारको विश्वसनीयता अभिवृद्धि तथा जोखिम व्यवस्थापन गर्न नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको बताएका हुन् । अहिले सेयर विगतको भन्दा निकै लयमा आइसकेको छ । सेयर बजारले दिनानुदिन रेकर्ड कायम गरेको अवस्थाकाबीच स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक देखिएको उनको भनाई छ । कारोबारको राफसाफ तथा फस्र्यौट सेवा प्रदायक सीडीएससीको संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोषसमेत शीघ्र सञ्चालनमा ल्याउने पनि उनको बताए ।
बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशील बनाउने तथा नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने प्रतिवद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: