×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औषधि पसललाई २ लाख जरिवाना, यस्तो छ कारण

PRIME CA

औषधि पसललाई २ लाख जरिवाना, यस्तो छ कारण

अर्थ सरोकार

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

बाँके । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई २ लाख जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले २ हजार २०० परेको अक्सिमिटर ३ हजार १ सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।
खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही २० हजारका दरले जरिवाना गरेको थियो । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: