काठमाडौं । चुनाव नजित्ने कन्फर्म देखिएपछि धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार हिमेश पन्तले आफु हारेको दोष मतदातालाई लगाएका छन् । सामाजिक सञ्जाल फेसबुमा पोष्ट गर्दै पन्तले गाउँका मतदानको चेतना स्तरमा अझै सुधार नआएको अभिव्यक्ति दिएका छन् ।
घण्टी चुनाव चिन्ह लिएर चुनाव लडेका पन्त मतगणनामा प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै पछाडी रहेका छन् । धादिङ १ वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १३ हजार ६ सय ८ मतसहित अग्र स्थानमा रहँदा पन्तले भने ४ हजार ४ सय ४३ मतसहित तेस्रो स्थान पछ्याईरहेका छन् । त्यस्तै, नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी १२ हजार ६३८ मतसहित दोस्रो स्थानमा छन् ।
‘करोडौं खर्च गरेर चुनाव लड्नेहरुसँग २ ४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन’, पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धादिङ क्षेत्र नं १ मा ५ वटा गाउँपालिका र १ नगरपालिका छ । हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड, गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन ।’ त्यस्तै पन्तले निर्वाचन आयोगले प्रचारप्रसारका लािग दिएको समयमा ५३ वटा वडामा पुग्न असम्भव भएको समेत बताएका छन् ।

पन्तले सामाजिक सञ्जालमार्फत नै मुख्यमन्त्री पाण्डेले ल्याएको भोट पैसा, रक्सी र मासुभातको बदलामा आएको ईकिंत गरेका छन् । ‘म यत्ति भन्न सक्छु हामीले ल्याउँदै गरेको भोट मासुभातको बदलामा आएको भोट हैन, पैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन’, उनले लेखेका छन्, ‘बिना संगठन, बिना गठबन्धन, बिना पैसा, बिना अनुभव मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै युवामा थियो ?’
पन्तले उनी चुनाव लडेको धादिङ क्षेत्र नम्बर १ मा अझैपनि पैसाले चुनाव जित्ने स्थिति रहेको दाबी गरेका छन् । ‘शहरका केही क्षेत्रमा शिक्षित र बुझेका मतदान भेटिए पनि ग्रामिण भेगमा भने अझैपनि पैसामै भोट बिक्ने अवस्था छ’, उनले भने, ‘हामी चुनावी प्रचारप्रसारमा हिँड्दैगर्दा पनि ‘भोट चाहिए रक्सि खुवाउनुहोस्, पैसा दिनुहोस्’ भन्ने समूह समेत पायौँ ।’
‘सिन्डिकेट तोडिएको छ, यो एउटा सुरुवात हो । जग हाल्ने कामको थालनी भएको छ । हाम्रो सम्मानित मत आउँदै गर्दा जनता झुक्याएर सत्तामा पुग्ने पुग्नेहरुको मनभित्र ढ्याङ्ग्रो बजेको छ । यही नै हाम्रो ठूलो उपलब्धि हो’- उनले लेखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्